काठमाडौं- आईएमई लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आईएमईले काठमाडौंमा शनिबार रेमिट्यान्स सचेतनका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट सुरु भएको प्रभातफेरी लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो ।
प्रभातफेरीको शुभारम्भ आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । सो क्रममा उनले सबैभन्दा धेरै रेमिटेन्स भित्रयाउने कम्पनी बनाउन सहयोग पु¥याउने सेवाग्राही, नियामक निकाय एवम् कर्मचारीहरुलाई विशेष धन्यवाद दिए ।
डिजिटल रेमिटेन्सको प्रवर्द्धन तथा रेमिट्यान्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















