images
images
  • १७ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

    काठमाडौं- सेयर बजारमा फेरि दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१ .९९ विन्दुमा अडिएको छ।

    सेयर बजार ओरालो लागेपनि कारोबार रकम भने बढेको छ। आज २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको सेयर खरिदबिक्री भयो।

    अघिल्लो कारोबार दिन १ अर्ब ६५ करोड ६३ लाख बराबर रुपैयाँमा खरिदबिक्री भएको थियो। आइतबार नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको थियो।

    आज रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १९ करोड बढिको सेयर कारोबार भयो।

    आज १६६ कम्पनीको सेयर मूल्य घट्दा ४६ को मात्रै बढ्यो। कारोबारमा आएका सबै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images