images
images
  • ८ महिनामा सिजी नेटको कारोबार ३२ करोड नाघ्यो

    काठमाडौं- चौधरी समूहको इन्टरनेट सेवा प्रदायक सिजी कम्युनिकेसन्सको सिजी नेटले ८ महिनामा ३२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

    कम्पनीले २०२२/२३ को आठ महिनामा ३२ करोड २० लाख रुपैयाँको व्यापार  गरेको छ।

    २०२१/२२ मा कम्पनीले १५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २००३ मा एसटीएम टेलिकम संचार प्रालिको रुपमा ग्रामीण दूरसंचार सेवा दिने गरी स्थापना भएको थियो। पश्चिम नेपालका जिल्लाहरुमा सेवा दिने गरी कम्पनीले युनिफाइड लाइसेन्स पाउने प्रक्रियास्वरुप सेवा दिएको थियो।

    सन् २०१३ मा चौधरी समूहले एसटीएम टेलिकम संचारलाई प्राप्ति गर्दै सिजी कम्युनिकेन्सन्स प्रालिमा नाम परिवर्तन गरेको थियो। २०२१ मा कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो।

    सिजीले अहिले देशका १७ जिल्लामा इन्टरनेट सेवा दिइरहेको छ। सिजी नेटले आइपी टीभी पनि उपलब्ध गराइरहेको छ।

    कम्पनीको अध्यक्ष निर्वाण चौधरी छन् भने कम्पनीको ९२ प्रतिशत सेयर स्वामित्व सिजी डिजीकम प्रालिको नाममा छ। नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार कम्पनीसँग ४६ हजार ७०२ फाइबर इन्टरनेट ग्राहक छन्।

    कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ गराएको छ।

    १५ करोड ६४ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी र २ अर्ब ३४ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ दिएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images