images
images
  • ‘आइएमई पे’ र निसर्ग अस्पतालबीच छुट सम्झौता

    काठमाडौं- ‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

    सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकहरूले २५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।

    सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन् ।

    उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुविधा बमोजिम ५ प्रतिशत देखि २५ प्रतिशत सम्म छुट प्रदान गरिने छ। सो छुट १ वर्षका लागि लागु हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images