images
images
  • नबिल बैंकले गर्‍यो ७ प्रदेशमा थप ३८ शाखा विस्तार, कुनमा कति?

    काठमाडौं- नबिल बैंकले थप ३८ शाखा बिस्तार गरेको छ। नबिल बैंकले ७ प्रदेशमा थप ३८ शाखा बिस्तार गरेको हो।

    वित्तीय सेवा नपुगेका ठाँउमा थप ३८ शाखा बिस्तार गरेको बैंकले जनाएको छ।

    आफ्नो ३८ औं वर्ष पार गरेको बैंकले एकै साथ ३८ नयाँ शाखाको उद्घाटन गरेको हो।

    ’नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा पैदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिएको जनाएको छ।

    बैंकले सबैभन्दा धेरै बागमती प्रदेशमा १३ शाखा विस्तार गरेको छ।

    कुन प्रदेशमा कति शाखा?
    नबिलले कोशी प्रदेशको दिक्तेल, सुदूरपश्चिम प्रदेशको अमरगढी र बोराडाँडी, कर्णाली प्रदेशको चन्दननाथ, गण्डकीको गल्कोट, आँबुखैरेनी, अर्चलबोटमा नयाँ शाखा विस्तार गरेको छ।

    लुम्बिनी प्रदेशको लुम्बिनी, तौलिहवा, रामग्राम, गुलरिया, फर्साटिकर, बाणगगङा, तम्घास, सुखानगर, भानुभक्त चोक न्युरोड, नारायणपुरमा नबिलले शाखा खोलेको छ।

    त्यसैगरी बागमती प्रदेशको प्रयास पोखरी, नरेफाँट, चापागाँउ, भेडासिङ, लाजिम्पाट, बनस्थली, मच्छेगाँउ,धादिङ बेसि,फर्पिङ, बल्खु, नैकाप, बौद्ध रामहीटि र ठिमीमा नबिल बैकले नयाँ शाखा विस्तार गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images