images
images
  • सिटिजन्स बैंकको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ।

    बैंकले संस्थापक सेयरधनी तारा विष्टको नाममा रहेको ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

    नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयरको बिक्रीमा पहिलो चरणको प्राथमिकता संस्थापकहरुलाई नै दिनुपर्ने व्यवस्था छ। तसर्थ सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

    सेयरको न्युनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। सो मूल्यमा नघटाइ संस्थापक सेयरधनीहरुले अबको ३५ दिनभित्र खरिद आवेदन दिन सक्नेछन्।

    आवेदन बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा पेस गर्न सकिन्छ। संस्थापकहरुबाट उक्त समयसम्म खरिदका लागि पर्याप्त आवेदन नपरे सो सेयर सर्वसाधारणमा बिक्री गरिने छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images