images
images
  • एनएमबी बैंक शाखामा पेस्तोल देखाएर ३५ लाख लुटपाट

    काठमाडौं- महोत्तरीमा एक समूहले दिनदहाडै बैंक लुटेका छन्।

    महोत्तरी गाउँपालिका-२, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा मंगलबार मध्यान्ह १२ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ।

    मंगलबार बैंकमा प्रवेश गरेका हतियारधारी समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटपाट गरेको लुटपाट गरेको महोत्तरी प्रहरी प्रबक्ता एवं डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए।

    प्रहरीका अनुसार १२ बजेको समयमा चारजनाको एक समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटेर फरार भएका छन्।

    उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरी बैंक लुटेपछि मोटरसाइकलमा भागेका थिए। फरार उनीहरूलाई अहिले प्रहरीले खोजी रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images