दिल्ली- बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीच शनिबार दिल्लीमा इन्गेजमेन्ट भएको छ ।
राति करिब ९ बजे परिणिती र राघवले आफ्नो इन्गेजमेन्ट फोटो सेयर गरेका छन्। उक्त समारोहमा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागि रहे ।
तस्बिर सार्वजनिक हुनेबित्तिकै नेतानगरीसँग आबद्ध सेलिब्रेटीलगायतले जोडीलाई नयाँ जीवन सुरु गरेकोमा बधाई दिइरहेका छन्।
इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी थिइन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भागवत मन, राजनीतिज्ञहरु कपिल सिब्बल, पि चितरम्बरम, प्रियंका चतुर्वेदी, आदित्य ठाकरे लगायत सहभागि रहे । डेढसय जनालाई समारोहमा निम्तो गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो जोडीलाई विशेष ढंगले इन्गेजमेन्ट गरेकामा बधाई दिएका छन्।
सामाजिक सञ्जालमा राघव र परिणितीसँगको तस्बिर सेयर गर्दै मुख्यमन्त्री अरविन्दले लेखेका छन्, ‘जीवनको यो नयाँ यात्राको सरुवातमा तपाईं दुवै सधैं खुसी रहनोस्। भगवान्ले बनाएको तपाईंहरूको सुन्दर जोडी सधैँ रहिरहोस्।’
पहिलो तस्बिरमा अरविन्द केजरीवालले राघव चड्ढालाई अँगालो हालेका छन्।





















