दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ४ सय ६० कोभिड–१९ का संक्रमित थपिएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७७ जनाको मृत्यु भएको छ। यो अवधिमा १ लाख ८९ हजार २ सय २३ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भन
अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ८८ लाख ९ हजार ३ सय ३९ पुगेको छ भने २ करोड ६९ लाख ८४ हजार ७ सय ८१ जना संक्रमणमुक्त भएका छन्।
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ लाख ४६ हजार ७ सय ५९ पुगेको सरकारी तथ्यांक छ।अहिले भारतमा १४ लाख ७७ हजार ७ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।
२३ करोड १३ लाख २२ हजार भन्दा धेरै नागरिकलाई भारतले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएको छ।
प्रतिक्रिया दिनुहोस्