images
images
  • यस्तो छ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको पुर्णपाठ

    काठमाडौ- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

    शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याउने गरी मौद्रिक नीतिलाई सजगतापूर्वक केही लचिलो बनाउने लगायतका निर्णय गरेको छ ।

    बैंकले आर्थिक क्षेत्रहरूसँग सम्वद्ध ऋणीहरूलाई स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाउने भएको छ ।

    कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही ऋणीहरूले पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

    ‘राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गर्ने तथ्यांकको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरूसँग सम्वद्ध ऋणीहरूले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ,’ समीक्षामा भनिएको छ ।

    त्यस्तै बैंकदरलाई घटाएर मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाइएको छ । राष्ट्र बैंकले बैंकदर ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ । नीतिगत दरलाई भने ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाएको केन्द्रीय बैंकले जनाएको छ ।

    मौद्रिक नीतिको पूर्णपाठ :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/05/Maudrik-niti.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images