images
images
  • शनिबार थपिए ५०४२ जना संक्रमित, ६८ जनाको मृत्यु


    काठमाडौँ । शनिबार देशभर थप ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

    पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् भने ६८ जना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको हो।

    यसअघि शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images