काठमाडौं- आर्थिक वर्ष २०७९ को अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि भएको थियो। नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ।
आज २७० कम्पनीको ४९ लाख १० हजार २६० कित्ता सेयर १ अर्ब ६५ करोड १६ लाख ६६ हजार २९६ रुपैयाँमा खरिदबिक्री भयो। बुधबार १ अर्ब ७ करोड ६० लाख ७६ हजार रुपैयाँको सेयर कारोबार भएको थियो।
योसँगै २८ वटा कम्पनीको सेयर मूल्य बढे पनि १८६ वटाको घटेको नेप्सेले जनाएको छ। आज तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
सोसँगै आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मौलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। बिहीबार लगानीकर्ताले ५.५० प्रतिशतसम्म गुमाएका छन्।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक ८ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ।


विश्व खबर 

















