काठमाडौं- फिल्म ‘पशुपति प्रसाद २’ मा अभिनेत्री आँचल शर्मा भित्रिएकी छन् ।
फिल्मको केही दृश्य र एक गीतमा अभिनय रहने गरेर निर्माण युनिटले आँचललाई फिल्ममा भित्र्याएको हो ।
गत १० चैत्रबाट छायाङ्कन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ मा आँचलको भूमिका अहिले खुलाउन नमिल्ने निर्देशक निर्देशक दीपेन्द्र के खनालले बताए ।
फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको अभिनय रहनेछ । ३५ दिनको छायाङ्कन सेडुल सहित सुरु भएको फिल्मको रिलिज आउँदो वर्षको कार्तिक ४ गतेबाट तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्





















