images
images
  • उपत्यका मेयर्स फोरमको अध्यक्षमा महर्जन, के भयो निर्णय ?

    काठमाडौं- उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन् ।

    काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा नगरपालिकाका प्रमुखहरू रहने सो फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन् ।

    उनीहरू क्रमशः सूर्यविनाय, चन्द्रागिरि, टोखा, तारकेश्वर र मध्यपुरथिमीका नगरप्रमुख हुन् । फोरमको सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।

    बिहीबार सम्पन्न फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसका लागि करिब रु दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images