images
images
  • गठबन्धन बैठक निष्कर्षविहीन, ३ बजे पुनः बस्ने

    काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । मन्त्रालय भागबण्डाका विषय टुंगो लगाउन बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे पुनः बस्नेगरि सकिएको हो ।

    बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको एक नेताले जानकारी दिए ।प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषदलाई टुंगो लगाउने तयारी गरेका छन् ।

    गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३(३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि बैठक निष्कर्षविहिन बनेको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images