images
images
  • भारतमा नयाँ संक्रमित ओरालो तिर, एकैदिन थप ३ हजार ३८० जनाको मृत्यु


    दिल्ली । भारतमा नयाँ कोरोना संक्रमित भेटिने क्रम घट्दै गएको छ। पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५ सय २९ नयाँ संक्रमित फेला परेका छन्।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ३ हजार ३ सय ८० जनाले ज्यानको मृत्यु भएको छ ।
    १ लाख ९७ हजार ८ सय ९४ जना संक्रमणमुक्त भएका छन्।

    अहिलेसम्म भारतमा २ करोड ८६ लाख ९४ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण भएको छ भने त्यसमध्ये २ करोड ६७ लाख ९५ हजार ५ सय ४९ जना संक्रमणमुक्त भैसकेका छन्।

    अहिलेसम्म संक्रमित भएका मध्ये ३ लाख ४४ हजार ८२ जनाको भने मृत्यु भएको छ।

    भारतमा अहिलेसम्म २२ करोड ७८ लाख ६० हजार भन्दा धेरैलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images