काठमाडौं- भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युमा उनकी आमा मधु दुबेले अभिनेत्रीका नजिकका साथी समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि आरोप लगाएकी छन्। मधु दुबेले छोरी आकांक्षालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा दुवैविरुद्ध मुद्दा दायर गरेकी छन्।
मधु दुबेले वाराणसीको सारनाथ पुलिस स्टेशनमा मुद्दा दर्ता गराएकी हुन्। आमाको उजुरीको आधारमा प्रहरीले समर सिंह र उनका भाइ सञ्जयविरुद्ध धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।
आकांक्षा र समर एकअर्कासँग सम्बन्धमा थिए, जसको खुलासा अभिनेत्री आफैले भ्यालेन्टाइन डेमा गरेकी थिइन्।
यता, आइतबार उनको मृत्युको खबर सार्वजनिक भएपछि समरको प्रतिक्रिया पनि आएको छ। उनले इन्स्टाग्राममा पोष्ट गर्दै लेखे, ‘निशब्द, रिप आकांक्षा दुबे।’ यससँगै उनले रुँदै प्रार्थना गर्ने इमोजी पनि राखेका छन्। त्यसपछि उनको अर्को कुनै प्रतिकृया आएको छेन्।
भ्यालेन्टाइन डेमा आकांक्षाले इन्स्टाग्राममा समरसँगको तस्बिर सेयर गर्दै लेखेकी थिइन, ह्याप्पी भ्यालेन्टाइन डे।’ त्यसपछि यी दुई सम्बन्धमा रहेको खबर सार्वजनिक भएको थियो।
तस्बिरमा दुवै एकअर्कासँग खुसी देखिएका छन्।
आकांक्षा दुबेको शव आइतबार वाराणसीको एक होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो। त्यसयता धेरैले समर सिंहमाथि प्रश्न उठाउन थालेका छन्।





















