काठमाडौं । हरेक नागरिकको आआफ्नै रंगीन सपना छ । उनलाई रंगीन सपना देख्ने छुट पनि छ। त्यही रंगीन सपना सार्थक बनाउन मानिस अनेक यात्रामा दौडिरहेका छन्।
सुन्दर जीवन जिउने सपनाको पछि लागेर लाखौं नेपाली युवा-युवती विदेशिन बाध्य पनि छन्। भविष्यमा जीवनलाई सरल रेखामा हिँडाउने चाहना बोकेर वर्तमानको यौवन विदेशी भूमिमा बेच्न बाध्य छन् लाखौं नेपाली युवा-युवती।
सबैभन्दा धेरै नेपाली भएको देश हो, मलेसिया। त्यहाँ जान न भाषा परीक्षा पास गर्नुपर्छ, न त कुनै शैक्षिक योग्यता चाहिन्छ। मलेसिया भूमिका श्रमिकका रूपमा खटिएका नेपालीको कथा कहाली लाग्दो छ।
त्यसमा पनि नेपाली युवञतीको कहानी झनै दर्दनाक छ। मलेसिया, डान्स बार अनि नेपाली युवती। यी तीनै शब्द एक्कासि छुट्टाछुट्टै सुन्दा आममानिसको दिमागमा विछट्टै पीडादायी चित्र बन्छ। तर मलेसियाको डान्सबार रोज्नु उनीहरुको बाध्यता हो। नेपालको राजनीतिक खिचातानी, हुनेखानेहरुको रजगजमा रमाएका केही थान मानिसभन्दा पर बस्ने नेपाली हुन् मलेसिया पलायन हुने। जसले बाध्यतालाई आफ्नो भाग्य ठानेका छन्।
न त हातमा सीप छ, न नेपालमा कुनै रोजगारी, न त पढ्नसक्ने आर्थिक हैसियत, न पढाउन सक्ने परिवारको स्थिति। दुई छाक जोहो गर्न दश ठाउँ चहार्नुपर्ने, बिरामीमात्र हुँदा मृञत्यु शय्या खोज्नुञपर्ने बाध्यता, बासको ठेगान छैन, कपासको कुरै छोडौं, वर्षमा एकजोर झुत्रो पनि गार्हो पर्ने स्थिति पार लगाउन मलेसियाञलगायतका खाडी देशलाई गन्तव्य ठान्छन् धेरै युवा पुस्ता। यस्तै र यस्तै कयौं समस्याञलाई पार लगाउन विभिन्न बाटो हुँदै मलेसियाका डान्सञबारमा पुगेका नेपाली युवतीको बिडम्वनाञपूर्ण व्यथा यहाँ प्रस्तुत गरिएको छ।
मलेसियाको राजञधानी क्वालालम्पुर, धुम्म परेको आकाश, चारैतिर सूर्य ल्याएर टाँसेझैं देखिने चकमन्न उज्यालो अनि त्यही उज्यालोञभित्रको अँध्यारो कथा पछ्याउँदै हामी बुतिक बिन्तंग क्षेत्रञतिर लाग्यौं। जहाँ धेरै डान्स बार र त्यही डान्स बारमा नेपाली युवती छन् भन्ने सूचना हामी्रलाई थियो।
म एक गाँस भात निलेर सुत्ने बेलामा क्वालाम्पुरको कोलाञहल छिचोल्दै बुतिक बिन्तंगमा रहेको एक डान्सञभित्रे छिरें। आँखामा रंगबिरंगी लाइट परे र एकछिन रुमल्लिएँ। थोरै सम्हाल्दै त्यहाँको दृश्य हेरें।
केही थान सुन्दरी स्टेजमा सुडोल निञतम्ब र पोटिला छाञती हल्लाएर नाचिरहेका थिए। ग्राहक सोफामा बसेर आँखा झिम्क्याइञरहेका थिए, इशारा गरिरहेका थिए। चुरोञटको धुवाँ, मञदिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवाञनी उत्खनन् गर्न उद्यत थिए त्यहाँ देखिने विञषालु आँखाहरु।
तर, ती सुन्दरीको सपना भने बिल्कुल फरक छ। नेपालको विकट गाउँञबाट करोडौं सपना बोकेर खाडीका डान्सञबारमा पुगेका युवतीहरुले पाएको पैसाले भाइको पढाइको शुल्क तिर्नु छ, आमाको फरिया फेर्नु छ, बाबुको च्यातिएको टोपी फेर्नुछ अनि र फेर्नुछ वर्षौंदेखि उद्रिएको आफ्नै भाग्य र जीवन भोगाइ।
तीनै डान्सबारमा नाच्ने नेपाली युवतीमध्ये एक हुन्, सरिता (नाम परिवर्तन)। उनले ठेगाना नखुञलाइदिन आग्रह गरिन्। उनी निकै निराश र थोरै मुस्कानञसहित मेरो सामु बसिन्। मैले सोधें, ‘कसरी यहाँ आइपुग्नुभयो ?
उनले सुरु गरिन् – म गरिब परिवारमा जन्मिएँ। बुबाले जसोतसो म, भाइ र बहिनी अनि आमाको हेरचाह र दैनिकी जोहो गर्नुहुन्थ्यो। जीविका चलाउन निकै कठिन थियो। भाग्यले पनि गरिब लाई मात्र दुःख दिन्छ। (उनी थोरै सुस्ताइन्) अभागी कर्म भन्नु कि खै के भन्ने दिदीरु हामी सानै हुँदा बुबा अरुको खेतमा काम गर्ने क्रममा क’रेन्ट लागेर बित्नुञभयो। त्यो कालो दिनदेखि जिन्दगीमा अन्धञकार छायो। बुबाबिनाको जिन्दगी कस्तो हुन्छरु
उनले आँखाभरि आँञसु पारिन्। म पनि निकै भावुक भएँ। अनि यसरी निराश हुनु हुँदैन भनेर ढाडस दिएँ। केही बेर सन्नाटा छायो। एकातिर केही हुल मानिस डान्सबारको संगीतमा रंगीन रातको स्वाद लिइरहेका थिए भने म सरिताको दुःख र पराइ भूमिको डान्स्रबारमा नाच्न बाध्य नेपाली चेलीको भोगाञइ खोतल्दै थिएँ।
उनले आँसु पुछ्दै भनिन्, बुबा बितेपछि आमा अर्काको घरमा काम गर्न जानुहुन्थ्यो। त्यही क्रममा आमालाई कसैले काठमाडौंमा उनको आफन्तको घरमा काम गर्ने मान्छे चाहिएको छ भनेर सुनाइ दिएछ। आमाले आएर मलाई सुनाउनुभयो। घरको जेठो सन्तान, परिवारको जिम्मेवारी अनि भाइ-बहिनीलाई पढाउनुपर्ने।
सबै कुरा सम्झिएँ अनि काठमाडौं अर्काको घरमा काम गर्न जान राजी भएँ। त्यतिबेला म १२ वर्षकी मात्र थिएँ। घरबाट कहिल्यै बाहिर ननिस्किएको म। बुबा गुमाएको पीडा एकातिर थियो भने अर्कोतिर साना भाइंबहिनी अनि आमासँग छुट्टिनुपर्ने। त्यो दिन सम्झिँदा अहिले पनि‘। उनी फेरि निःशब्द भइन्। आँखा रसाञएर आए।
भनिन्, अरुको घरमा काम गर्न बसेँ, त्यो घरको अंकल(आन्टीले स्कुल पनि पढाइदिनुभयो। परिवार निकै राम्रो थियो। आफ्नै परिवारजस्तो लाग्थ्यो। बिहान स्कुल जान्थें। दिउँसो स्कुलबाट आएर घरको काम गर्थें। यसरी एसएलसी पास गरें। प्लस टु पनि सकाएँ। जुन घरमा काम गर्न बसेको थिएँ त्यहाँका अंकल–आन्टीले पढाइमा निकै सहयोग गर्नुभयो।
तर, मैले मात्र पढेर भएन। मसँगै भाइञबहिनीको पनि भविष्य छ भन्ने सोचें। म बिए दोस्रो वर्षमा पढिञरहेकी थिएँ। पढाइ बीचमा राखेर अंकलसँग कुरा गरेर गाउँ फर्किने निर्णय गरे। उहाँहरुले पढाइ सकेर जान सल्लाह दिनुभयो। तर, मेरो बाध्यता थियो अनि मरो करमा उहाँहरुले घर जान अनुमति दिनुभयो। म गाउँ फर्किएँ।
गाउँमा दुःख र समस्या उही र उस्तै थिए। घर कसरी धान्ने ? भाइञबिहिनी कसरी पढाउने भन्ने थियो। केही समय गाउँकै स्कुलमा पनि पढाएँ। तलब आठ हजार रुपैयाँ थियो। त्यसले घर अनि भाइबहिनीको पढाइले पुगेन। त्यसपछि मसँगैको साथी विदेश जाँदैछ भन्ने थाहा पाएँ।
म उनलाई भेट्न गएँ। जाने भए म कुरा गरिदिन्छु भनेर भनिन्। मैले पनि गाउँको जागिरको तलब र घरको दुःख सम्झेर हुन्छ भनेँ। मलाई पठाउन एजेन्ट भेटाइदियो र एक महिनाको तलब पचास हजार भन्ने कुरा गर्यो। पासपोर्ट बनाएँ र एजेन्टलाई दिएँ। सबै उसैले मिलायो र म दुबई गएँ।
पहिले घर छोडेर काठमाडौं आएकी थिएँ। त्यहाँ परिवारसँगै बसेको महसुस भएको थियो। त्यसपछि देश छोडें। सारै नरमाइलो लाग्यो। अनि सम्झिन्थे– घरको दुःख र मन बुझाउँथे। मैले त सोचकी थिएँ काम सजिलै हुन्छ होला। तर मैले सोचेभन्दा निकै फरक रहेछ काम। म पहिलो दिन कामको विषयमा बताएपछि त छाँगाबाट खसेजस्तै भएँ। दुबईका गगनञचुम्बी महलजस्तै सपना बोकेर आएकी म उनीहरुले भनेको काम गर्नु्रबाहेकको विकल्प मसँग थिएन। त्यो बेला १९ वर्षकी थिएँ।
सारा दुख बिर्सेर सुखमा रमाउने सपना थियो मेरो। तर, आफ्नै सपनाले आफैंलाई थिचे्रजस्तो महसुस भयो। एकदम नै नौलो संसारमा आइपुगेजस्तो लाग्यो। मेकअप र डान्स गर्लको ड्रेस्रअप गरेर स्टेजमा उभिँदा निकै नञरमाइलो लाग्यो। म निकै आत्तिएँ।
हलमा बसेका पुरुष आँखाले मलाई चिथोरैञजस्तै महसुस भयो। यो कस्तो ठाउँमा आइएछ भनेर रुन मन लाग्यो। फेरि कर्मनै यस्तै रहेछ भनेर मन बुझाएँ। दुःख सम्झेर यो लाइनमा रम्न थालेँ। हरेक रात मेकञअपले आफ्नो दुःख छोपेर अरूलाई प्रफुल्लित पार्नु हाम्रो बाध्यता हो।
मैले करिब एक वर्षजति काम गरे। एक ठाउँ दुबईमा छ, महिनादेखि एक वर्षसम्म काम गर्न पाइन्छ। अफ्रिकाका डान्सञबारमा पनि ६ महिना काम गरेकी छु। मलेञसियामा पनि एक डान्सञबारमा एकपटक तीन महिनाजति काम गर्न पाइन्छ।
समाजमा डान्सबारमा नाच्ने केटी भन्नेञबित्तिकै नराम्रो दृष्टिकोणले हेर्छन्। धेरै जोगिनुपर्छ यो पेसामा। तर, यो ठाउँमा कसरी काम गर्ने हो भने ९त्यो डान्सबारमा काम गर्ने केटीमा भर पर्छ कि उसले कसरी काम गर्न चाहन्छे।
मैले अहिलेसम्म आफ्नो कला बेचेको छु, शरिर बेचेको छैन। धेरै मजस्तै हुनुहुन्छ। कतिले त मजस्तै धेरै यो पेसामा छु भनेर खुल्न मान्दैनन्। पत्रकारको त झन् नजिक पनि जाँदैनन्।
यसरी काम गर्न थालेको चार वर्ष जति भयो। पैसा राम्रै छ। जिन्दगी ठिकठाकै चलिरहेको छ। अनि भाइबहिनीको पढाइ धानेकी छु। अहिले दुवैजना काठमाडौंमा पढ्दैछन्। घरको छानो फेरेकी छु, आमाको फरिया फेरेकी छु। सबैजना चाडबाडमा अरुञजस्तै गरी रमाइलो गरी मनाउँछन्। खुसी लाग्छ। समाजले जे सोचे पनि मलाई केही फरक पर्दैन। दुःख पर्दा एकछाक खान नदिने यो समाजको के कुरा गर्नु, दिदी ?
सञमस्या त गरिबी हो। जसले यो लाइनमा आउन बाध्य पार्यो। सञमस्या त हरेक काम गर्दा समञस्या हुन्छ। यहाँ त झन् नहुने कुरै भएन। तर, पनि समस्यासँग जुधेर अघि बढ्नुपर्छ भन्ने लाग्छ। सानैदेखि दुःख सहने बानी परेर होला, अहिले त केही दुःखजस्तै लाग्दैन। कुनै ठाउँमा डान्सबारका मालिक राम्रा हुन्छन् तर कुनै ठाउँमा त गधाजस्तै गरी काम गराउँछ। धेरै सम्रस्या झेलियो । कुन डान्स्रबारमा जाने हो त्यो डान्सबार बारेमा बुझेर जाँदा अलि सजिलो हुन्छ।
जिन्दगी भनेञजस्तो त कहाँ हुन्छ र ? हामीलाई पनि घरमै बसेर आफन्त साथिभाइसँग रमाइलो गर्ने मन हुन्छ। तर, के गर्नु नियतिले यस्तै बनायो। नेपालीहरुलाई भेट्दा परिवारको सदस्य भेटे्रजस्तै खुसी लाग्छ। तपाईं आउनुभयो, मनको भारी बिसाउन पाएँ। मन हलुँगो भयो। उनीजस्ता त्यस डान्सबारमा काम गर्ने तीन जना नेपाली र अन्य भारतीय युवतीहरु भएको पनि उनले जानकारी दिइन्।
प्रकाशित मिति २०७८ जेठ २२ गते शनिवार ०६:१२