images
images
  • रिङरोडमा ४ सवारी साधन एकआपसमा ठोक्किँदा ८ जना घाइते

    काठमाडौं- काठमाडौंको चप्पल कारखानास्थित चक्रपथमा चार वटा सवारी साधन एकआपसमा ठोक्किएर ८ जान घाइते भएका छन् ।

    बिहीबार दिउँसो एउटा कारले तीन वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

    दुर्घटनामा परी घाइतेका एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अरूलाई ह्याम्स अस्पताल लगिएको एसपी रिजालले जानकारी दिए। दुर्घटनामा अरू सवारी साधनमा पनि क्षति भएको बताइएको छ। प्रहरीले दुर्घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images