images
images
  • सिंहदरबारभित्रै दुर्घटना: मन्त्रीका सल्लाहकारको गाडीको ठक्करबाट राष्ट्रिय सभा सांसद लडिन्

    काठमाडौ – सिंहदरबारस्थित पूर्वाधार मन्त्रालयअगाडि जेब्राक्रसिङमा बाटो काट्ने क्रममा मन्त्रीका सल्लाहकारको गाडीको ठक्करबाट राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरे लडेकी छन् ।

    ​पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिको गाडीले हात देखाएर बाटो काट्दै गर्दा ठक्कर दिएको सांसद गैरेले बताइन् ।

    ठक्करबाट भुइँमा लडेकी उनलाई बाहिरी चोट नलागे पनि शरीर दुखिरहेको छ । घटनाबारे उनले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई जानकारी गराएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images