images
images
  • सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए

    काठमाडौं – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से सडकखण्डमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज बिहानदेखि सडक पूर्ण रूपमा बन्द हुँदा यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

    सडक माथिबाट चट्टानसहितको पहिरो खसेर आवागमन रोकिएको जानकारी पाएपछि प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा पहिरो हटाउने तयारी भइरहेको छ । सडक माथिबाट अझै चट्टानसहितको पहिरो झरिरहेकाले सडक खुलाउन केही समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।

    सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ जाने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images