काठमाडौं – जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का १७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
पुर्जा प्राप्त गर्नेमा एक भूमिहीन दलित, चार भूमिहीन सुकुमबासी र १२ अव्यवस्थित बसोबासी परिवार छन्। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित उनीहरूले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राखेको सचिवालयको भनाइ छ। उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यसहित लालपुर्जा वितरणलाई थप प्रभावकारी बनाइएको पनि सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















