images
images
  • रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

    काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.५३ प्रतिशतले बढी हो ।

    कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २८.७८ प्रतिशतले बढेर ३ अर्ब २० करोड २९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ थियो ।

    कम्पनीको कुल मुनाफा ५६ करोड १६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा गत वर्षको १६ करोड ९१ लाख रुपैयाँबाट बढेर ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ । यसैगरी, वित्तीय खर्च ८ करोड ७२ लाख रुपैयाँबाट घटेर ४ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ ।

    कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ र जगेडा तथा कोषमा ७ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कुल इक्विटी ९ अर्ब ३० करोड रुपैयाँ पुगेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६४ रुपैयाँ १८ पैसा कायम भएको छ ।

    त्यस्तै, प्रतिसेयर नेटवर्थ ४८९ रुपैयाँ ५३ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५० रुपैयाँ ८३ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images