images
images
  • मध्यावधि निर्वाचनको हारको रिस फेर्न जनवरी अगाडि नै इरानमा आक्रमण गर्ने ‘मुड’मा ट्रम्प

    काठमाडौं– अमेरिकामा हालै सम्पन्न मध्यावधि निर्वाचनमा डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले पराजयको सामना गर्नुपरेको छ । पराजयपछि अमेरिकी सत्ताले अन्य शक्ति राष्ट्रलाई हेर्ने आँखा कस्तो रहने भन्ने प्रश्न उठेको छ । त्यस्तै अन्य देशले पनि अमेरिकालाई हेर्ने आँखा कस्तो हुन्छ भन्ने चासो सर्वत्र उठ्न थालेको छ ।

    यस पराजयको मतलब यो होइन कि राष्ट्रपति ट्रम्पको विदेश नीतिमा कुनै भूमिका नै रहँदैन । अहिले पनि विदेश नीति तय गर्ने काम राष्ट्रपति ट्रम्पकै हो । तर पनि विपक्षीहरूले ट्रम्पलाई दबाब दिने कुरामा कुनै शङ्का रहँदैन ।

    मध्यपूर्व र अरबलगायतका स्थानमा विपक्षीहरूले नयाँ नीति लिन दबाब दिनेछन् । यी सबैभन्दा बढी असर गर्ने क्षेत्र इरान युद्ध हो । इरान युद्धको समयमा स्ट्रेट अफ होर्मुज बन्द भएको कारण परेको असर र जनजीवनमा आएको समस्या यस समयमा प्रमुख विषय हुन् ।

    इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले इरानलाई हेर्ने र इरानप्रतिको व्यवहार साँच्चैको गल्ती भएको यस निर्वाचन परिणामले देखाएको प्रस्ट भएको बताएका छन् । बाबु अलि खामेनीको मृत्युपछि इरानको राष्ट्र प्रमुख बनेका उनले होर्मुजमा इरानले चालेको कदमपछि अमेरिकाले यसलाई धेरै ध्यान दिनुपर्ने बताए ।

    सन् १९७९ मा तेहरानमा रहेको अमेरिकी दूतावासमा भएको हमला र कब्जाको वर्षगाँठ बनाउने क्रममा उनले सो कुरा बताएका छन् । इरानले यसलाई साम्राज्यवादविरुद्धको अभियानको रूपमा यसलाई लिएका छन् ।

    अमेरिकामा ग्यासको मूल्यवृद्धि बढेपछि यसको कारण युद्ध नभएको बताएका छन् । उनले इरानमा सैन्य अभ्यास अमेरिकाले नगरेको दाबी गरिरहेका छन् ।

    खामेनीले भने अर्को एक कार्यक्रममा अमेरिकीहरूले मतदानमार्फत ‘नो टु वार’ भन्न चाहेको पनि बताए ।

    खामेनीका मुख्य सल्लाहकार मोहम्मद मोखबरले अमेरिकी निर्वाचनको मुख्य विजेता इरान भएको प्रतिक्रियासमेत दिए ।

    क्विन्सी इन्स्टिच्युट अफ रेस्पोनसिबल स्टेट क्राफ्टका उपप्रमुख ट्रिटा पर्सीले निर्वाचनको परिणामले इरानमा छोटो समयका लागि व्यापक आक्रमण गर्ने नीति बन्न सक्ने बताए ।

    अहिले निर्वाचित भएकाहरू जनवरीमा काङ्ग्रेस प्रवेश गर्नेछन् । त्यसअघि नै अमेरिकाले इरानमा आक्रमण गर्न सक्ने सम्भावना प्रबल भएको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images