images
images
  • घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका नायब सुब्बा पाण्डे विरुद्ध मुद्दा

    काठमाडौं- वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

    पाण्डले वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोप छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

    अनुसन्धानको सिलसिलामा पाण्डेले बैंक खाता सुचारु गरिदिने तथा तारेखलगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

    उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकाले ३० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र बिगोवमोजिम जरिवानाको मागदाबी लिएर मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्

    images