३ असार २०७८, बिहीबार   |  June 17, 2021
advertisement of bishwo khabr
Tika Gurung

पार्वत गुरुङ महामारीको १८ महिने मन्त्रीको कार्यकालमा निष्कलंक र अब्बलको पहिचान बनाएर विदा भए

माधव नेपाल समूहकै कारण मुलुक चुनावमा जानुपरेको हो: मन्त्री गुरुङ

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रवार मन्त्रिमण्डल पुर्नगठन हुँदा चार जना बाहेक अन्य सबै मन्त्रीहरुलाई बिदाई गरियो । पुराना मन्त्रीहरुको बिदाई र नयाँ मन्त्रीहरुको नियुक्ती स्वभााविक प्रक्रिया होला । तर बिदा हुँदै गर्दा मन्त्रीहरुले आफ्नो कार्यकाल कसरी बिताए र सम्झना लायक काम के गरे भन्ने कुरा महत्वपुर्ण र आम चासोको विषय हो ।

ओली क्याविनेटमा दोलखाबाट प्रतिनिधिसभामा सर्बाधिक मतान्तरसहित निर्बाचित सांसद पार्वत गुरुङले संचार तथा सूचना प्रविधि मन्त्रालय र महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको झण्डै १८ महिना नेतृत्व गर्ने अबसर पाए । दुई मन्त्रालयको छोटोरछोटो कार्यकालमा गुरुङले निष्कलंक मन्त्रीकोे पहिचान मात्रै बनाएनन्, आफुलाई अब्बल र सफल मन्त्रीको रुपमा समेत दर्ज गरे ।

सामान्यतः मन्त्रीहरुलाई आफ्नो कार्यकाल बिवादरहित बनाउँनै मुस्किल हुने गरेको छ । कुनै न कुनै बिवाद र अनेकौं काण्डमा मुछिने विगतदेखिकै समस्या हो । यसअघि उनकै मन्त्रालय सम्हालेका गोकुल वास्कोटा ७० करोडको कमिसन बार्गेनिङमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । गुरुङ भने बिवादित घेराबाट बचेर सन्तुलित र बेदाग छवि स्थापित गर्न सफल भएको जानकारहरुको मुल्यांकन छ ।

उनी सस्तो लोकप्रियताको लागि रातारात कायापलट गर्छु भन्ने र बिवादमा तानिने कुराबाट मुक्त भएर योजनाबद्ध ढंगले काम गर्ने विशेषता र क्षमता भएका नेता हुन् । “सकेसम्म राम्रोका लागि प्रयास गर्ने हो, तर नराम्रो केही नगर्ने हो, उनी भन्छन्,“मन्त्रीको रुपमा सोही अनुसार कार्यसम्पादन गर्ने प्रयास गरेको छु ।”

संचार मन्त्रालयमा उनले प्रतिकुल समयकाबीच ८ महिनापनि बिताउन पाएनन् । तर उनकै कार्यकालमा २०७८÷७९ को सर्बाधिक संचारमैत्री बजेट सार्वजानिक भएको छ । श्रमजीवि पत्रकारका लागि ७ लाखसम्मको विमा, सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचार, आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, पत्रकार महासंघको भवन निर्माण, प्रेस संग्रहालय स्थापना, पत्रकार लेखनबृत्ती तथा सञ्चार गृहलाई पुनरकर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा, नेपाल टेलिभिजनको वल्र्ड च्यानल प्रसारणको विषय बजेटले सम्बोधन गरेको छ ।

डिजिटल नेपाल फ्रेमवर्क, सूचना महामार्ग, नागरिक एप्स उनकै कार्यकालमा परिकल्पना गरिएका परियोजनाहरु हुन् । पत्रकार परिचय पत्र वितरण र नविकरण कार्यलाई अनलाईन सिस्टममा लैजाने काम सुरु हुँदैछ । नेपाल दुरसञ्चार प्राधिकरण ९टेलिकम० को २२ प्रतिशत शेयरको मालिक सर्र्बसाधरणलाई बनाउने घोषणा उनकै पालामा भएको छ ।

आदिवासी जनजाति, अतिसिमान्तकृत, अल्पसंख्यक समुदायको मौलिक संस्कृति झल्किने हुलाक टिकट प्रकाशन गर्ने निर्णय भई कार्यान्वयनको चरणमा छ ।

“संचार मन्त्रालयको तर्फबाट समृद्ध नेपाल र सुखि नेपालीको राष्ट्रिय दृष्ट्रिकोण र संकल्प पुरा गर्न अधिकतम प्रयास भएको छ, शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,“आगामी दिनमा मन्त्रालयले नयाँ काम गर्न रिसर्च नै गर्नुपर्ने अवस्था बनेको छ ।”

त्यसअघि नीतिगत सुधारदेखि सरकारी एवं गैरसरकारी संघसंस्थामा भएका बेथिति अन्त्यको ठोस पहलकदमी लिएर उनले महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई चलायमान बनाएका थिए ।

गुरुङ सरकारको महत्वपूर्ण ओहोदामा रहँदा गृहजिल्लाका लागि धेरै पहलकदमी अघि बढाईएका छन् । नयाँ आर्थिक वर्षको बजेटमा मात्रै उत्तरदक्षिण लोकमार्ग अन्तर्गत लामाबगर लप्ची सुरुङमार्ग, तामाकोशी पाचौं, सिंगटी–नयाँपुल जल यातायात सञ्चालन जस्ता कार्यक्रम समावेश गरिएका छन् । अन्य रणनीतिक महत्वका सडकहरुका लागि यसअघिनै बजेट विनियोजन भैसकेको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न जिल्लामा अक्सिजन प्लान्ट निर्माणका लागि उनले दुई करोड़ ३५ लाख बजेट विनियोजन गर्न लगाए ।

आमसंचारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालको अध्यक्ष देखि अन्य महत्वपुर्ण निकायमा जिल्लाबासीले नेतृत्व र अवसर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n