काठमाडौँ । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । उनले महतोको अभिव्यक्तिले राम्रो संकेत नगरेको भन्दै उनको बोलीमा लगाम लगाउन प्रधानमन्त्री समक्ष माग गरेका हुन् ।
शुक्रबार पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री महतोले पहिलो र दोश्रो संविधानसभामा असान्दर्भिक भइसकेको बहु राष्ट्रिय राज्यको बहस उठाएर देशलाई द्वन्द्व तिर फर्काउने अभिब्यक्ति दिएका थिए ।
नेता भट्टराईले भनेका छन्, ‘पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन ।’ उनले भनेका छन्, ‘देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।’
भट्टराईले विविधतामा आधारित नेपाली राष्ट्रियता नै साझा राष्ट्रियता हो भन्दै संविधानको धारा ३ ले गरेको राष्ट्रको परिभाषा पनि उल्लेख गरेका छन् । ’संबिधानको धारा ३ ले राष्ट्रको परिभासा यसरी गरेको छ – बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायु भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । अर्थात बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो उनले भनेका छन्, ।’


विश्व खबर 




















