images
images
  • चट्याङसहित वर्षाको सम्भावना, आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

    महाशाखाले हाल प्रदेश १ को पहाडी भूभाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको जानकारी दिएको छ ।

    महाशाखाले आज शनिबार दिउँसो देशभर आंशिकदेखी सामान्य बदली रहने र देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको हुन सक्ने पूर्वानुमान गरेको छ ।

    यसैगरी, आज राति पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । साथै, प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा को सम्भावना रहेको छ।

    यस्तै, आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    भने, आइतबार राति पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै, सोमबारको मौसम पूर्वानुमानका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    सोमबार राति पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा को सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images