images
images
  • कर्णालीमा बजेट अधिवेशन जेठ २४ गते बोलाइयो


    सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गतेका लागि बोलाइएको छ।

    प्रदेश सरकारको सिफसिरमा शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जेठ २४ गते बजेट अधिवेशनको आह्वान गरेका हुन्।

    प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम अधिवेशन जेठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुने जानकारी दिएको छ।

    बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो ।

    असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्ने प्रचलन छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images