images
images
  • अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीले गरे विवाह

    काठमाडौं- अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बिहीबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् ।

    आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।

    तस्वीरमा सुरक्षाले सुन्तला रङको सारी र मानवले चाहिं वैजनी रङको कोट र दौरा सुरुवाल लगाएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन ।

    चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images