images
images
  • शुक्रबार ६ हजार ६५३ संक्रमित थपिए,१०१ जनाको मृत्य


    काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका ६ हजार ६५३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु पुष्टि भएको छ ।

    १४ हजार १८२ पीसीआर र ६६३१ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ८ हजार ६६३ जना निको भएर घर फर्किएका हुन् ।

    सक्रिय संक्रमित संख्या १ लाख भन्दा तल झरेको छ । सक्रिय संक्रमित संख्या ९७ हजार ६९९ मा झरेको छ । निको हुने दर ८१.९ प्रतिशतले वृद्धि हुँदा सक्रिय संक्रमित संख्या झरेको हो ।

    कूल संक्रमित संख्या ५ लाख ८१ हजार पुगेको छ । कूल मृतक संख्या ७७३१ पुगेको छ । ४ लाख ७६ हजार जना निको भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images