images
images
  • स्वास्थ्य मन्त्रीले बुझे रामदेव (पतञ्जली)ले उपहारस्वरूप लियो दर्ता नै नभएको ‘कोरोनिल किट’


    काठमाडौं । कोरोना भाइरसको औषधि भनिएको कोरोनिल बिना अनुमित नेपाल भित्रिएको छ।

    भारतमा प्रतिबन्धित यो आयुर्वेदिक औषधिको प्रयोग र बिक्री वितरणका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको छैन। तर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नै यो औषधि मन्त्रालयमै बुझे।

    सुटुक्क ल्याइएको झण्डै १५ हजारमध्ये १६ सय ट्याब्लेट मात्रै मन्त्रीले बुझेका हुन्। बाँकी कता लगियो मन्त्रालयका अधिकारीहरु अनविज्ञ छन्। मन्त्रालयका एक अधिकारीले भने, औषधि मात्रै दिएका हुन्, कागज केही छैन। कति ल्याए, कति दिए केही थाहा छैन।

    प्रयोगको अनुमति नै नभएको आयुर्वेदिक औषधि बुझेर स्वास्थ्यमन्त्रीले के गरे रु भन्ने जिज्ञासा हामीले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा।बासुदेव पाण्डेलाई राख्यौं। उनले भने, त्यो औषधि अहिले टेकुस्थित हाम्रै कार्यालयमा छ।

    उनका अनुसार मन्त्रीले कोरोनिल औषधिलाई जिल्ला जिल्लामा पठाउन निर्देशनसमेत दिएका छन्।५० कार्टुन औषधि छ, जिल्लाहरुमा पठाउन भनिएको छु उनले भने, तर हामीले पठाएका छैनौँ गोदाममै छ। एउटा कार्टुनमा ३२ वटाका दरले १६ सय ट्याबलेट छन्।

    पतञ्जली योग पीठ नेपालका ट्रस्टि शालिकराम सिंहको टोलीले गत १७ गते नै मन्त्री त्रिपाठीलाई कोरोनिल हस्तान्तरण गरेको हो।

    भारतीय आयुर्वेद संस्था पतञ्जलीले बनाएको यो औषधी विश्वभर विवादित बनिरहेका बेला नेपालमा भने अनुमति नै निलइ ल्याइएको छ।

    नेपालमा कुनै पनि औषधि प्रयोग गर्न ल्याउनुपूर्व औषधि व्यवस्था विभागबाट स्वीकृती लिनपर्छ । दिव्य कोरोनिल ट्याब्लेटु नाम दिइएको यो आयुर्वेदिक औषधि भारतमा प्रतिबन्ध छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images