images
images
  • बेलायती गायिका जोस स्टोनले आनी छोइङसँग गाइन् ‘फूलको आँखामा फूलै संसार’


    काठमाडौं । बेलायती गायिका जोस स्टोन र नेपाली गायिका आनी छोइङ डोल्माले चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’को युट्युव संस्करणमा टीमअप गरेका छन् ।

    आनीसँग आफूले गाएको उक्त गीतको नयाँ भर्सनलाई ब्रिटिस गायिका स्टोनले आफ्नो युट्युव च्यानलमा पोस्ट गरेकी छिन् । यी दुई विश्वचर्चित गायिकाको स्वरमा गाइएको यो गीत निकै कर्णप्रिय र शान्त महसुस हुन्छ ।

    हायात होटलको लबीमा छायांकन गरिएको यो गीतमा कुटुम्ब ब्यान्डका बाँसुरीबादक रुविनकुमार श्रेष्ठले प्रस्तुति दिएका छन् । न्यूह बज्राचार्यले गितारमा प्रस्तुत दिएका छन् ।

    सन् २०१६ मा गायिका स्टोन विश्व भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्

    images