काठमाडौं- बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
उच्च अदालत पोखराका कायममुकायम न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहको मुद्दामा अभियोग दाबी नपुग्ने भनी सफाइ फैसला गरेको हो।
यो फैसलापछि सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा जेलमुक्त हुने उनका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए।
उच्च अदालत पोखराले आज उनीमाथिको अभियोग दाबी नपुग्ने ठहरसहित सफाइ फैसला गरेको हो। यसअघि जिल्ला अदालत नवलपुरले जेलमा राख्ने भनेर गरेको फैसलाविरुद्ध उनले उच्चमा पुनरावेदन गरेका थिए ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।
हेर्नुहोस् फैसला :






















