images
images
  • चीनले यसवर्षभित्र १ अर्बभन्दा बढी डोज खोप विदेश आपूर्ति गर्ने


    बेइजिङ । चीनले सन् २०२१ भित्र १ अर्ब डोजभन्दा बढी खोप विदेशमा आपूर्ति गर्ने भएको छ ।

    ग्लोबल टाइम्सका अनुसार कानसिनो र वुहान इन्स्टिच्युटले विकास गरेका थप दुई खोपले डब्लुएचओबाट अनुमति प्राप्त गरे वितरण मात्रामा दुई गुणाले वृद्धि हुने जनाइएको छ ।

    डब्लुएचओले चिनियाँ खोपहरु सिनोफार्म र सिनोभ्याकलाई आपतकालिन अनुमति दिइसकेको छ । थप दुई चिनियाँ खोपहरु डब्लुएचओबाट मान्यता पाउने पर्खाइमा छन् ।

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक झेङ झोङवेइका अनुसार थप दुई चिनियाँ खोपले अनुमति प्राप्त गरे आपूर्ति थप विस्तार हुनेछ । चीनले मे ३१ सम्म ३५० मिलियन डोज विदेशमा आपूर्ति गरिसकेको छ ।

    वर्षको अन्त्यमा उक्त संख्याले १ अर्ब पार गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images