काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन अवसरमा आफ्नो युट्युव च्यानल सञ्चालन गरेका छन् ।
७१ वर्ष पुरा गरेर ७२ वर्ष लागेका अध्यक्ष ओलीले जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट आफ्ना लाखौं शुभ चिन्तकहरुलाई ‘केपी बा’ यूटुयुब च्यानल सार्वजनिक गररे सरप्राइज दिएका छन् ।
एमालेका धेरै नेता-(कार्यकर्ता र समर्थक ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्छन् । त्यसैका आधारमा ओलीले ‘केपी बा’ नामक च्यानल ल्याएका हुन्।
च्यानलमा पहिलो भिडियोका रुपमा उनले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गरेका छन् । २५ मिनेट लामो उक्त भिडिओमा ओलीले आफ्नो जीवनमा भएका तीन महत्वपूर्ण घटनाबारे बताएका छन्।
यो च्यानलमा पहिलो भिडियो ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकमा छ ।
शुक्रवार एउटा ट्वीट गर्दै अध्यक्ष ओलीले यसबारेमा जानकारीसमेत दिएका छन् । उनले लेखेका छन् ‘मेरो जन्मदिनको सन्दर्भ पारेर नयाँ यूट्युब च्यानल ‘बा’ सुरु भएको छ । यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ ।’
बुधवारदेखि सञ्चालनमा आएको यो च्यानलमा शुक्रवार दिउँसो १२ बजेसम्ममा ९ सय २९ जनाले सब्सक्राइब गरिसकेका छन् भने पहिलो भिडियो ५ हजार २ सय पटक हेरिएको छ ।
यस्तो छ पहिलो भिडियो :
https://www.youtube.com/watch?v=117jRU-Sg_4





















