काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले देशभित्र उपलब्ध साधनस्रोतलाई बेचेर नै लाभ लिनुपर्नेमा जोड दिएका छन् ।
उनले विभिन्न मुलुकले आफ्नो देशमा भएका खनिजजन्य पद्धार्थ बेचेर धनी भएको प्रसंग उल्लेख गर्दै एमाले नेता बास्कोटाले नेपालले आफ्नो उपलब्ध साधनस्रोतलाई बेच्नु अनौठो नभएको तर्क गरको हुन् ।
उनले वातावरणीय प्रभाव मूल्यांकन गरेर ढुंगा, बालुवा, गिट्टी उत्खनन गर्ने कुरा बजेटमा प्रष्ट उल्लेख भएपनि विरोधका लागि विरोध भइरहेको बताए ।
‘पुल, सडक, भवन आदि बन्नु पर्ने तर निर्माण सामग्री उत्पादन हुन नमिल्ने रु साथै पेट्रोलियम, फलाम, ओखती, मेसिनरी उत्पादन हुनेले त्यस्तै चीज बेचेर धनि भएका छन् । फरक यत्ति मात्र हो कि वातावरण बिग्रन दिनु भएन। जुन कुरा अर्थमन्त्रीले भनेकै छन् त ।’
उनले जंगल नटेक्नले नै चुरे दोहनलाई लिएर विरोध गरिरहेको भन्दै कटाक्षसमेत गरेका छन् ।‘किन बिरोधमा पापड पेलिरहेका होलान् रु जङ्गल नटेक्नेका कुरा’ उनले ट्वीटरमा लेखेका छन् ।
सरकारले बजेटमा चुरे क्षेत्रबाट गिटी, बालुवा र ढुंगा निर्यात गरेर व्यापार घाटा कम गर्ने नीति लिएको छ ।अहिले सरकारको यो नीतिको चौतर्फी आलोचना भइरहेको छ ।
सरकारले चुरे उत्खनन गरेर आधा जनसंख्या रहेको तराई मधेशलाई मरुभूमि बनाउन खोजेको आरोप आलोचकहरुको छ । तर सरकारले भने वातावरणीय प्रभाव मूल्यांकनका आधारमा गिट्टी, बालुवा र ढुंगा उत्खनन हुने दावी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्