काठमाडौं । अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमणका घटनाहरु बढ्दै गएपछि सरकार गम्भीर बनेको छ ।
स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
कार्यस्थलमा हुने आक्रमणका घटनालाई निमिट्यान्न तुल्याइ स्वास्थ्यकर्मी निर्वाध सेवामा संलग्न हुन पाउन र अस्पतालमाथि सुरक्षाको प्रत्याभूत होस् भनेर अध्यादेश जारी गर्न लागिएको सरकारले बताएको छ ।
अध्यादेशमा अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । त्यस्तै स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको प्रबन्ध गरिएको छ ।
कार्यस्थलमा हुलहुज्जत गरी, नारा, जुलुस, धर्ना आदि गरी उपचारमा अवरोध पु¥याएमा, स्वास्थ्यकर्मीलाई गालीगलौज, दुव्र्यवहार, अभद्र व्यवहार गरेमा १ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको प्रबन्ध गरिएको श्रेष्ठले बताए ।


विश्व खबर 




















