१९९ मा प्रदेश २ को आपत्ति, बजेट कार्यक्रम तत्काल फिर्ता लिन आग्रह

१९९ मा प्रदेश २ को आपत्ति, बजेट कार्यक्रम तत्काल फिर्ता लिन आग्रह

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ २० गते बिहिबार ०१:४१

काठमाडौं । संघ सरकारले ल्याएको बजेटमा चुरेलाई दोहन गर्ने गरी समेटिएको प्रावधानमा आपत्ति जनाउँदै प्रदेश २ सरकारले निर्णय फिर्ता लिन आग्रह गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले बजेट कार्यक्रम तत्काल फिर्ता...

काठमाडौं । संघ सरकारले ल्याएको बजेटमा चुरेलाई दोहन गर्ने गरी समेटिएको प्रावधानमा आपत्ति जनाउँदै प्रदेश २ सरकारले निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले बजेट कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेका हुन् । मुख्यमन्त्री राउतले निर्णय फिर्ता नभए प्रदेशसरकार आवश्यक निर्णय लिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

बिहीबार अपरान्ह मुख्यमन्त्री राउतले विज्ञप्ति जारी गरेर चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने बजेटमा समेटिएको प्रावधान हटाउनुपर्ने भनेका छन् ।

मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा, ‘आर्थिक वर्ष २०७८–७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यको बुँदा नम्बर १९९ मा उल्लेखित वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने भनिएकोप्रति प्रदेश २ सरकारको गम्भीर ध्यानाकर्षण भएको’ भनिएको छ ।

प्रदेश २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवच रहेको कुरा मुख्यमन्त्रीको विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री राउतले प्रदेश २ हरेक वर्ष बाढी–पहिरो, डुबानको समस्या र कृषि उपज समेतको समस्याबाट पीडित भएको भनी चिन्ता गरेका छन् ।

प्रकाशित मिति २०७८ जेठ २० गते बिहिबार ०१:४१
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia