काठमाडौं- म्यानपावर व्यवसायीहरु निर्वाचनमा होमिएका छन् । वैदेशिक रोजगार व्यवसायी संघको माघ ६ गते हुने निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले राजेन्द्र भण्डारीको नेतृत्वमा प्यानले बनाएको छ । संघको आगामी नेतृत्वका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले राजेन्द्र भण्डारीको नेतृत्वमा प्यानल तयार पारेको छ ।
अरोरा ह्युमन रिसोर्सका सञ्चालक भण्डारी अध्यक्षको तयारीमा जुटेका छन् । लामो समय संघ र मञ्चमा काम गरेका निकै बौदिक र अध्ययनशिल मानिने भण्डारी अध्यक्षको रुपमा मैदानमा उत्रेका छन् भने डिक बहादुर खत्री (कुमार) प्रथम उपाध्यक्ष, सन्जु गुरुङ द्वितीय उपाध्यक्ष र रोशन कटुवाल तृतीय उपाध्यक्षको उमेदवार रहेका छन् ।
महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी, कोषाध्यक्षमा सरिता घले रहेका छन् । यस्तै सदस्यहरुमा बैकुण्ठ प्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डि.एम सुब्बा), शिबहरि मैनाली (सितल), आनन्दप्रसाद कोइराला, खेमनाथ गौतम रहेका छन् । यस्तै मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बास्तोला, श्यामचन्द्र खतिवडा र उमेश महतो रहेका छन् ।
अध्यक्षमा उम्मेद्वार भण्डारीले आफु अध्यक्ष भएमा वैदेशिक रोजगार ऐन–२०४२, वैदेशिक रोजगार नियमावली–२०५६, न्यूनतम लागत शुल्क–२०७२, घरेलु कामदार कार्यबिधि २०७२ का बिभिन्न अव्यवहारिक सरकारी एवम् प्रशासनिक निर्णयहरु संशोधन गर्ने बताए ।
उनले बर्षौदेखि चलिरहेको र तमाम व्यवसायीहरुले भन्ने गरेको वैदेशिक रोजगार व्यवसायलाई “सुरक्षित, व्यवस्थित र मर्यादित” बनाउने भन्ने मूल नारालाई शतप्रतिशत कार्यान्वयन गराउने दृढ संकल्प रहेको उनको भनाइ छ ।
यस्तो छ राजेन्द्र भण्डारी नेतृत्व प्यानलको प्रतिबद्धता–पत्र
समुन्नत राष्ट्र निर्माणको आधार, “सुरक्षित व्यवस्थित र मर्यादित” वैदेशिक रोजगार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मिति २०७९ माघ ६ गते सम्पन्न हुन गईरहेको २९ औं, साधारण सभा तथा निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष रहेको प्रगतिशील व्यवसायिक समुहको
प्रतिबद्धता–पत्र
आदरणीय व्यवसायी मित्रहरु,
वैदेशिक रोजगार व्यवसायीहरुको व्यवसायिक एकता र पेशागत हकहितको संरक्षणका लागि स्थापित छाता संगठनको रुपमा परिचित नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, ईतिहासका विभिन्न आरोह, अबरोहहरु पार गर्दै आज ३०औं बर्षमा प्रबेश गरेको छ । समान लक्ष्य र उद्देश्यका साथ स्थापित हामी तमाम व्यवसायीहरुको साझा चौतारीको रुपमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गौरवमय ईतिहासको रक्षा गरी आ–आफ्नो व्यवसायलाई निरन्तरता दिंदै राष्ट्र निर्माणमा सक्रिय हुनु आजको आबश्यकता र अपरिहार्यता हो ।
व्यवसायीहरुले बार्षिक करीब ५ लाख वेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीको अबसर प्रदान गर्दै आएको र हालसम्म करिब ५० लाख नेपाली युवाहरु वैदेशिक रोजगारीका सिलसिलामा विश्वको विभिन्न मुलुकहरुमा पठाईसकेको तथ्यांक सर्ब बिदितै छ । विदेशमा रहेका नेपाली श्रमिकहरुले रेमिट्यान्स मार्फत पठाएको रकमले राष्ट्रको कूल ग्राहस्थ उत्पादनको करिब ३०% स्थान ओगटेको छ । जसका कारण मुलुकको गरीवि निवारणमा कमी आएको छ ।
पोषणयुक्त खानपिनमा पहुँच पुग्नाले बालबालिकाहरु कुपोषण मुक्त भई बाल मृत्यु दरमा समेत उल्लेखनिय कमी आएको छ । नेपालकोे करीब ५८% घरधुरी वैदेशिक रोजगारीबाट लाभान्वित भएका छन भने गुणस्तरीय शिक्षा, स्वास्थ्यमा सहज पहुँच र जीवनस्तरको विकास गर्दै समग्र आर्थिक,शैक्षिक तथा सामाजिक रुपान्तरणमा वैदेशिक रोजगार व्यवसायीहरुले पु¥याएको योगदान र भूमिका समाज बिकासका लागि सह्रानीय रहेको व्यहोरा सगौरब प्रस्तुत गर्दछौं ।
संघको ३० बर्ष लामो यात्राको क्रममा, परिस्थितिका अनुकुलता र प्रतिकूलताका थुप्रै अनुभवहरु हामीसंग छन् । वै.रो.ऐन–२०४२, वै.रो.नियमावली–२०५६, वै.रो.ऐन–२०६४, न्यूनतम लागत शुल्क (Free Visa-Free ticket) – २०७२, घरेलु कामदार कार्यबिधि २०७२ का बिभिन्न अव्यवहारिक सरकारी एवम् प्रशासनिक निर्णयहरु र निहित स्वार्थले बिभिन्न ढंगले यदाकदा व्यवसायिक क्षेत्रमा देखिने निहित स्वार्थले गरिने सिन्डिकेटका प्रयत्न भएकै हुन् यस्ता गलत पात्र, प्रबृति, नेतृत्व र निर्णयहरुलाई सच्याउँदै व्यवसायिक यात्रालाई समयानुकूल बनाउन सही नेतृत्वको छनौट गर्नुपर्ने आजको आवश्यकता हो ।
अतः यिनै गलत निर्णय र गलत प्रवृतिलाई निस्तेज पार्दै सकारात्मक कार्यको निरन्तरता अनि समग्र व्यवसायीको सफलता यस समुहको अभियान हो । अझ स्पष्ट भाषामा भन्नुपर्दा बषौं देखि चलिरहेको र तमाम व्यवसायीहरुले भन्ने गरेको वैदेशिक रोजगार व्यवसायलाई “सुरक्षित, व्यवस्थित र मर्यादित” बनाउने भन्ने मूल नारालाई शतप्रतिशत कार्यान्वयन गराउने दृढ संकल्पका साथ यहाँहरु समक्ष प्रस्तुत भएका छौं ।
हाम्रो उम्मेदवारी किन ?
क. नीतिगत सुधारका लागि :
१. वै.रो.ऐन–२०६४ को थप परिमार्जन गरि व्यवसायी तथा श्रमिक मैत्री बनाउन ।
द्रष्टव्य ःEmployment Contract को आधारमा अन्तिम स्वीकृति दिनुपर्ने र मागपत्र दूूताबासबाट अनिवार्य प्रमाणिकरणको व्यबस्था हटाउन बिशेष जोड दिन ।
२. दश हजार सेवा शुल्कको निर्णय खारेज गरी अन्र्तराष्ट्रिय प्रचलन अनुसार कामदारले पाउने १ महिनाको तलब बराबरको रकम व्यवसायीले सेवा शुल्क बापत लिन पाउने व्यवस्था गर्न ।
३. बार्षिक १०० जना श्रमिक अनिवार्य पठाउनु पर्ने अव्यवहारिक कानूनी प्राबधानलाई हटाउन ।
४. SAARC मुलुकहरु सरह नेपाली श्रमिकहरुले पनि रोजगारदाता कम्पनीले हवाई टिकट नदिएको अबस्थामा श्रमिकले नै हवाई टिकट बापतको खर्च तिरेर रोजगारीमा जान पाउने व्यवस्था गर्न ।
५. गाम्का नेपाल तथा मलेशिया बायोमेट्रिक्स लगायत श्रमकिको स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुले श्रमिकहरुलाई पार्ने उच्च आर्थिक भारलाई न्यूनिकरण गर्न । ं
६. व्यवसायी कल्याण्कारी कोषको स्थापना गर्ने प्रकृयालाई अबिलम्ब कार्यान्वयनमा लान ।
७. दुताबास नभएका युरोपियन लगायतका मुलुकहरुमा चेम्बर अफ कमर्स, मोफा वा नोटरी पब्लिकको प्रमाणिकरणको आधारमा मागपत्र स्वीकृतिको लागि पहल गर्ने ।
८. सम्पूर्ण रोजगारदाता मुलुकहरुसँग (घरेलु कामदार तथा संगठित क्षेत्र) श्रम सम्झौता गर्नका लागि नेपाल सरकारलाई जोडदार दवाब दिन ।
९. रोजगारदाता मुलुकहरुसँग श्रम सम्झौता गर्नका लागि उच्च स्तरीय कूटनीतिक भ्रमणको लागि समन्वयात्मक भूमिका निर्वाह गर्न ।
१०. घरेलु कामदार कार्यबिधि–२०७२ लाई परिमार्जन गरी कामदार र व्यवसायी मैत्री बनाउन ।
११. सम्झौता अनुसार कार्य नगर्ने रोजगारदाता कम्पनी र विदेशी Recruiting Agency लाई कालो सुचीमा राख्ने व्यवस्था गर्न ।
१२. खाडी मुलुकहरुमा नेपाली कामदारले पाउने न्युनतम पारिश्रमिकमा एकरुपता ल्याउन ।
१३. भिषा प्राप्त गरेका कामदार आफ्नै कारण रोजगारीमा नगएमा त्यस्ता कामदारबाट क्षतिपूर्ति बापत रकम असुल उपर गर्ने लगायत कामदारको दायित्व किटान गर्न ।
१४. स्वास्थ्य परिक्षण असफल भई फर्किएका कामदारको क्षतिपूर्ति (भिषा, टिकट शुल्क आदि) स्वास्थ्य परिक्षण संस्था मार्फत क्षतिपूर्ति दिलाउन ।
१५. राहदानी लिनु पूर्व वैदेशिक रोजगार सम्बन्धि Pre- Orientation सम्बन्धित जिल्ला वा प्रदेशमा नैे व्यवस्था गर्न ।
१६. संघीय नियम कानून कामदार र व्यवसायी मैत्री बनाउन ।
१७. वै.रो. व्यवसायीले स्वदेशमा समेत कामदार आपुर्ति गर्न पाउने (Local Recruitment) ईजाजतपत्रको व्यवस्था गर्न-गराउन ।
१८. ईजरायल लगायतका मुलुकहरुमा व्यवसायी संस्था मार्फत कामदार आपूर्ति गर्ने व्यवस्था गर्न ।
१९. युटुबरका नाममा भएका व्यवसायी बिरोधी हर्कतलाई निस्तेज गर्न ।
२०. परिमार्जित वैदेशिक रोजगार नीतिका लागि प्रयत्न गर्न ।
२१. सम्पूर्ण ईजाजतपत्र प्राप्त संस्थाहरुबाट वैदेशिक रोजगारीका लागि जापानमा नेपाली श्रमिकहरु आपूर्ति गर्ने व्यवस्था मिलाउन पहल गर्ने ।
ख. कार्यबिधि व्यबस्थापन :
१. अनलाईन श्रम स्वीकृति प्रणालीलाई थप प्रभाबकारी बनाउन ।
२. व्यवसायिक संस्था उपर परेका उजुरीहरुलाई कानून व्यवसायी सहितको संघको रोहबरमा हेल्प डेस्कको व्यवस्था गरी निःशुल्क कानूनी सेवा प्रदान गर्न ।
३. व्यवसायी र कामदारले सेवा लिने निकायहरुमा हुन सक्ने आर्थिक अनियमितता बन्द गर्न ।
४. नियामानुसार बैदेशिक रोजगार बोर्डलाई सक्रिय बनाई नयाँ गन्तव्य मुलकहरुको खोजी गर्न ।
५. दूताबासबाट हुने अनाबश्यक हस्तक्षेप तथा झन्झटिलो प्रकृयाहरुको अन्त्य गरी समन्वयात्मक भूमिका स्थापित गर्न ।
६. व्यवसायीहरुको क्षमता अभिबृृद्धिका लागि प्रबद्र्धन बोर्डसंगको सहकार्यलाई निरन्तरता दिन ।
७. बैदेशिक रोजगार बोर्डले दिने सीप बिकास तालिमलाई प्रभावकारी बनाई समन्वय गर्न ।
८. बैदेशिक रोजगार बोर्ड मार्फत वैदेशिक रोजगार सम्बन्धि जनचेतना मूलक कार्यक्रम संचालन गर्न ।
९. बैदेशिक रोजगार बोर्डमा अनुत्पादक रुपमा रहेको पूँजीलाई नियमानुसार उत्पादन मूलक क्षेत्रमा लगानीका लागि आबश्यक समन्वय गर्न ।
१०. नेपाल स्थित साउदी दूताबासद्वारा ID Card तथा Visa Stamping मा भएका झण्झटिलो प्रकृयालाई छिटो छरितो गर्न ।
ग. आन्तरिक व्यवस्थापन :
१. वैदेशिक रोजगारीमा जाने युवाहरुको आवेदन Online System मार्फत संकलन गरी व्यवसायी संस्थाहरुसँग सिधा सम्पर्क गर्ने ।
२. नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई प्रबिधि मैत्री बनाई कामदारलाई सहज रुपमा वैदेशिक रोजगार सम्बन्धि सूचना प्रवाह गर्ने ।
३. संघको बिधानमा व्यवसायी भलाई कोषको व्यवस्था गरी व्यवसायी र कामदारको हितमा भलाई कोष स्थापना गर्ने (भलाई कोष संचालन सम्बन्धि कार्यबिधि तयार गरी लागू गरिनेछ)
४. संघको भवन निर्माण तथा व्यवस्थापन गर्ने ।
५. हरेक प्रदेशको राजधानीमा संघको शाखा कार्यालय स्थापना गर्ने ।
६. बढी कामदार रहेका गन्तव्य मुलुकहरुमा भैपरि आउने समस्या समाधान गर्न संघले कर्मचारी नियुक्ति गरी आबश्यक्ता अनुसारको कार्य गर्ने ।
७. सबै प्रदेशमा संघले अन्तराष्ट्रिय मापदण्ड अनुसारको तालिम केन्द्र स्थापना गरि अर्धदक्ष÷दक्ष जनशक्ति उत्पादन गर्ने ।
८. बैदेशिक रोजगारीमा गएका युवाहरुको घर–परिवारसँग नियमित सम्पर्क गर्ने संयन्त्र निर्माण गरी कामदारका परिवारसँगको सुमधुर सम्बन्ध बनाउने ।
९. व्यवसायीहरुको संयुक्त लगानीमा बैदेशिक रोजगार जीवन विमा, स्वास्थ्य परिक्षण संस्था र अभिमुखीकरण तालिम जस्ता व्यवसायिक संस्थाहरुको स्थापना÷साझेदारी गर्ने ।
१०. वैदेशिक रोजगार सम्बन्धि अनावश्यक भ्रमहरु फैलाउने युटुबर लगायतका सामाजिक संञ्जालहरुलाई निरुत्साहित गर्दै आम नागरिकलाई सकारात्मक सन्देश प्रवाह गर्ने कार्य गर्ने ।
११. रोजगारदाता मुलुकहरुको चेम्बर अफ कमर्श लगायत सम्बन्धित निजी तथा गैर सरकारी संघ÷संस्थासँग समन्वय गरी रोजगारीको अबसर बढाउने कार्य गर्ने ।
१२. उच्च स्तरीय समिति गठन गरी वैदेशिक रोजगार व्यवसाय सहज र सरल बनाउन बिभिन्न राजनीतिक पार्टी तथा अन्य सँघ÷संस्थाहरुसँग समन्वय गर्र्ने ।
१३. बिभिन्न निकायहरुबाट मृतक कामदारका परिवारहरुले पाउनु पर्ने क्षतिपूर्ति रकम छिटो छरितो उपलब्ध गराउन सहजीकरण गर्ने ।
१४. आबश्यकता अनुसार संघको आचार संहिता परिमार्जन गरी पूर्ण रुपमा लागू गर्ने ।
१५. संयुक्त रुपमा कार्य योजना बनाई बजार प्रबद्र्धन गर्ने ।
धन्यबाद ।ं
सरोज कुमार पोखरेल, संयोजक– निर्वाचन परिचालन मूल व्यवस्थापन कमिटी























