काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि ७ लाख ९२ हजार १८७ नेपालीले श्रम स्वीकृति लिएका छन् ।
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४७ हजार ७९ ले कम रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
गत वर्ष श्रम स्वीकृति लिनेमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन् ।
म्यानपावर कम्पनीमार्फत विदेशिनेको संख्या पनि घटेको छ ।
गत वर्ष २ लाख ६८ हजार ९९० जना म्यानपावरमार्फत, १ लाख २८ हजार ५२० जना व्यक्तिगत श्रम स्वीकृतिबाट तथा ८ हजार १९७ जना जी–टु–जी प्रणालीमार्फत वैदेशिक रोजगारीमा गएका छन् ।
गन्तव्य मुलुकमध्ये यूएई सबैभन्दा लोकप्रिय बनेको छ, जहाँ १ लाख ८३ हजार ५८० नेपाली पुगेका छन् ।
त्यसपछि मलेसिया (१,२८,७५३), साउदी अरेबिया (१,२३,७१९) र कतार (१,२१,२३०) रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















