काठमाडौं– वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला गरेको छ ।
यसपटक उत्पादन, कृषि–पशुपालन, सेवा र वन क्षेत्र गरी ७,२०० जनाको कोटा निर्धारण गरिएको छ ।
आवेदन जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइनमार्फत दिन सकिनेछ ।
परीक्षाका लागि २८ अमेरिकी डलर शुल्क लाग्नेछ ।
१८ देखि ३९ वर्ष उमेर समूहका योग्य नेपालीले आवेदन दिन सक्नेछन् ।
ईपीएस शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने स्पष्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















