images
images
  • बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा

    काठमाडौं- बलिउड चर्चित अभिनेत्री, फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो(स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन् ।

    मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी थिइन् । जहाँ उनले संक्षिप्त मिडिया वार्तालाप समेत गरिन् ।

    नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्। छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन्।

    नेपाल भ्रमण आफ्नो पहिलो नभई यसअघि पनि धेरैपटक नेपाल भ्रमणमा आइसकेको जानकारी दिँदै उनले यसपटकको भ्रमण छोटो भएको जानकारी दिएकी छिन् । उनले भनिन्,‘ म यहाँ निकै थोरै समयको लागि आएकी छु तर यहाँ जति समय बस्छु, त्यसलाई विशेष बनाउनेछु ।’

    शुक्रबार नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना गर्दैछ। यसमा मलाईका अरोडा शो स्टपरको रुपमा र्याम्प वक गर्दैछिन् ।

    malika 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images