images
images
  • लुम्बिनीमा एमालेका लीला गिरीद्वारा मुख्यमन्त्री दाबी पेश

    काठमाडौं- लु्म्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि दिएको पुस २७ गते ४ बजेसम्मको समय सीमाभित्र गिरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

    गिरीले ७ दलका ५८ सांसदको हस्ताक्षरसहित बुधबार दिउँसो २ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरेका हुन् । मुख्यमन्त्रीको दाबी पेशका लागि सत्ता गठबन्धनमा आवद्ध दलका सांसदहरू हस्ताक्षरसहित उपस्थित भएका थिए ।

    लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९ जना सांसद छन् । सरकारलाई माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३–३ जना सांसदले समर्थन गरेका छन् ।

    त्यस्तै, चार जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रबाट जितेका २ जना सांसदले पनि सरकारलाई समर्थन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images