images
images
  • कांग्रेस महाधिवेशन : गगन थापा सभापतिमा विजयी

    काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगन थापा विजयी भएका छन् ।

    अन्तिम मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

    सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् ।

    निर्वाचनमा कुल ५४ मत बदर भएको जनाइएको छ ।

    प्राप्त मतपरिणामअनुसार थापा आफ्ना प्रतिस्पर्धी खड्गीभन्दा ठूलो मतान्तरले विजयी भएका छन् ।

    उनको विजयसँगै कांग्रेसको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ ।

    सभापतिमा निर्वाचित थापासामु पार्टीलाई एकताबद्ध बनाउने, संगठन सुदृढ गर्ने तथा बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिका प्रभावकारी बनाउने चुनौती रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images