images
images
  • काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् कटौती हुने

    काठमाडौं- विद्युत् प्रणाली सुदृढीकरण तथा मर्मतसम्भारका लागि नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

    प्राधिकरणका अनुसार शनिबार गैह्रीधारा फिडरअन्तर्गत लैनचौर, उत्तरढोका, गैह्रीधारा, बालुवाटार, चाइनिज एम्बेसीलगायत क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जानेछ ।

    त्यस्तै, हाँडीगाउँ फिडरअन्तर्गत हाँडीगाउँ, नक्साल भाटभटेनी, टङ्गाल, गहनापोखरी, ज्ञानेश्वर तथा आसपासका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

    आइतबार कालिकास्थान फिडरअन्तर्गत डिल्लीबजार, घट्टेकुलो, मैतीदेवी, ज्ञानेश्वर र रातोपुललगायत क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

    तोकिएको काम निर्धारित समयअघि नै सम्पन्न भए विद्युत् सेवा सोहीअनुसार सुचारु गरिनेछ ।

    थप जानकारीका लागि प्राधिकरणले हटलाइन नम्बर ११५० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images