काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको छ ।
प्राधिकरणले स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा पूर्वस्वीकृतिबिना शुल्क बढाउने सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
प्राधिकरणका अनुसार हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने प्रस्ताव प्राप्त भएको छैन र शुल्क बढाउन स्वीकृतिसमेत दिइएको छैन ।
नियमविपरीत शुल्क असुल्ने वा उपभोक्तालाई मर्का पर्ने गरी सेवा सञ्चालन गर्ने प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















