images
images
  • चर्चित युट्युवर ध्रुव राठी पक्राउ

    काठमाडौं- भारतका चर्चित युट्युबर ध्रुव राठीलाई शनिबार बिहान गुरुग्रामको सेक्टर ५६ बाट प्रहरीले हिरासतमा लिएको छ ।

    ककरोच जनता पार्टीको विरोध आह्वानका बीच उनलाई नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ ।

    राठीले शुक्रबार सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै दिल्लीमा मेट्रो स्टेसन बन्द गरिएको तथा रेल र बस सेवा रद्द गरिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका थिए ।

    उनले सरकार विरोध प्रदर्शनसँग डराएको आरोपसमेत लगाएका थिए ।

    यसैबीच, दिल्ली प्रहरीले प्रदर्शनमा सहभागी हुन भेला भएका अन्य प्रदर्शनकारीलाई पनि पक्राउ गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images