images
images
  • कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

    काठमाडौं- कृषि विकास बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले लाभांश शेयरधनीहरूलाई १३ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ ।

    बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र कर करसमेत गरी ११ प्रतिशत नगद लाभांश गरी शेयरधनीहरुलाई १३ प्रतिशत बोनस वितरण गर्ने भएको छ ।

    कम्पनीले नेपाल अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले नगद लाभांश दिने जनाएको छ । बैंकले गत वर्ष २० प्रतिशत बोनस सेयर र कर तिर्न १।०५२ प्रतिशत नगद लाभांश गरी कुल २१।०५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    Screenshot 46 .png

    प्रतिक्रिया दिनुहोस्

    images