काठमाडौं- सानिमा मिडिल तमोर हाइड्रोपावरको ३३ लाख कित्ता शेयर निष्कासन अन्तिम चरणमा पुगेको छ । कम्पनीले माघ ४ गतेबाट एक सय रुपैयाँ अंकित दरका ३३ लाख ३२ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्दैछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको हो । निष्कासन हुने शेयरमा अतिप्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १३ लाख ३३ हजार कित्ता र आयोजना भएको जिल्ला ताप्लेजुङका बासिन्दालाई १९ लाख ९९ हजार ५०० कित्ता शेयर छुट्याइएको छ । योबाहेक वैदेशिक रोजगारीमा गएकालाई ४ लाख ९९ हजार ८ सय ७५ कित्ता शेयर निष्कासन गरिनेछ ।
माघ ४ गतेबाट आईपीओ निष्कासन गर्ने कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाबाट माघ १८ गतेसम्म आवेदन माग गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















